दार्चुला,महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

सुत्केरी हुनु समयअगावै धामीले बच्चा जन्माउनुभएको हो । छ महिनामै बच्चाको जन्म दिएपछि उहाँलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ ।

प्रजिअ यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाको उद्धार गरिएको हो । दोस्रो सन्तानका रूपमा धामीले बच्चा पाएको बताइएको छ । धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।