साङ्केतिक तस्विर

१० फागुन । स्पेनिस ला लिगामा आज चार खेल हुँदैछन् । जारी लिगको २५औं चरणअन्तर्गत आज ८ वटा टोलीले खेल्नेछन् । आज डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोना र उपाधि दाबेदार मानिएको टोली रियल मड्रिड पनि प्रतिस्पर्धामा छ ।

बार्सिलोनाले इएबारसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ । क्याप नोउमा हुने उक्त खेलमा बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने अवसर छ । हाल ऊ ५२ अंकसहित दोस्रो स्थानमा छ भने ५३ अंक भएको रियल मड्रिड शीर्ष स्थानमा छ ।

यस खेलमा बार्सिलोनाले १६औं स्थानको इएबारलाई हराउन सकेमा, उसले शीर्ष स्थान बनाउने छ । यता, रियलले पनि आजै हुने अर्को खेलमा प्रतिस्पर्धा गर्दैछ । राति १ः४५ बजे हुने यस खेलमा रियलले लेभान्टेसँग खेल्दैछ । यो खेल लेभान्टेकै मैदानमा हुनेछ । लेभान्टे २९ अंकका साथ १३औं स्थानमा छ । यस खेलमा रियलले जित निकाल्न सकेमा ऊ ५६ अंकसहित शीर्ष स्थानमै रहनेछ ।

आज हुने खेलहरू

  1. सेल्टा भिगोविरुद्ध लेगानेस– साँझ ५ः४५ बजे
  2. बार्सिलोनाविरुद्ध इएबार– राति ८ः४५ बजे
  3. रियल सोसिडाडविरुद्ध भ्यालेन्सिया– ११ः१५ बजे
  4. लेभान्टेविरुद्ध रियल मड्रिड– राति १ः४५ बजे

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।