file photo

हेटौंडा,१० फागुन,पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ८ स्थित जनता माविको खेल मैदानमा जारी जारी तेस्रो बागमती गोल्ड कपको दोस्रो सेमिफाईनल खेल आज संकटा युवा क्लब काठमाडौं र जाउलाखेल युवा क्लब बिच हुने भएको छ । खेल ३ बजेदेखि सुरु हुने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ । बिजेताले उपाधिका लागि हिमालयन शेर्पा काठमाडौं संग भोलि (आईतबार फागुन ११ गते) भिड्ने छ ।

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।

यो पनि :

हिमालयन बागमती गोल्ड कपको फाईनलमा प्रवेश

गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् । पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।