तेश्रो बागमती गोल्ड कप तस्विर:खबरब्रेक

हेटौंडा,१० फागुन,तेस्रो बागमती गोल्ड कप फुटबल प्रतियोगितामा उपाधिका लागि जाउलाखेल युवा क्लबले हिमालय शेर्पा काठमाडौं संग भिड्ने भएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ८ स्थित जनता माविको खेल मैदानमा जारी तेस्रो बागमती गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा संकटा क्लब काठमाडौंलाई पराजित गरे संगै जाउलाखेल युवा क्लबले फाईनल खेलको लागि हिमालयन शेर्पा काठमाडौं संग भेट पक्का गरेको हो ।

शनिबार (आज) दिउँसो भएको सेमिफाईनल खेलमा जाउलाखेलले संकटा क्लब लाई २-० गोल अन्तरले पराजित गरेको हो । जाउलाखेलको जितको लागि खेलको ३२ औं मिनेटमा विदेशी खेलाडी अदामा दुम्लीया र ८७ औं मिनेटमा बिमल घिसिङले गोल गरेका थिए ।

प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो ।  गोेल्ड कपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताको फाईनल खेल भोलि १ बजे (फागुन ११ गते) हुने आयोजकले जनाएको छ । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् । पहिलो बागमती गोल्ड कपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।