हेटौंडा,१० फागुन,हेटौंडामा जारी जिल्ला स्तरिय शिक्षक भलिवलमा साविक विजेता बकैया गाउँपालिका वडा नंबर ७ स्थित जनक मावि भिरकोट प्रतियोगिता बाट बाहिरिएको छ । शनिबार (आज) दिउँसो भएको सेमिफाईनल खेलमा सुर्योदय मावि संग सोझो सेटमा पराजित भए संगै उपाधि रक्षा गर्न बाट चुकेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित हुप्रचौरमा भएको खेलमा सुर्योदयले जनकलाई २५-१८ र २५-२० को सोझो सेटमा पराजित गरेको हो । यो जित संगै सुर्योदय फाईनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको प्रथम हुने टिमले २० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले १० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको तेश्रो हुने टिमले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुशाशित टिमलाई ३ हजार, विद्यागत उत्कृष्ट खेलाडीहरुलाई ३ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा भएको हो । प्रतियोगितामा १ लाख २० हजार रुपैँया खर्च हुने जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।