महेन्द्र माविका शिक्षक खेलाडीहरु

हेटौंडा,१० फागुन,हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित हुप्रचौरमा जारी जिल्ला स्तरिय शिक्षक भलिवलको उपाधिका लागि बकैया गाउँपालिका वडा नंबर ४ स्थित महेन्द्र मावि छतिवन र राक्सीराङ्ग गाउँपालिका वडा नंबर ३ स्थित सुर्योदय मावि सरिखेत भिड्ने भएका छन् ।

शनिबार (आज) दिउँसो भएको दोस्रो सेमिफाईनल खेलमा महेन्द्र माविले त्रिभुवन माविलाई सोझो सेटमा पराजित गरे संगै फाईनलको लागि स्थान बनाएको छ । महेन्द्र मावि छतिवनले त्रिभुवन माविलाई २५-१५ र २५-१९ सोझो सेटमा हरायो ।

यस्तै शनिबार दिउँसो भएको पहिलो सेमिफाईनल खेलमा सुर्योसय माविले जनक मावि भिरकोट लाई सोझो सेटमा पराजित गर्दै फाईनलको लागि स्थान बनाएको थियो । सुर्योदयले जनकलाई २५-१८ र २५-२० को सोझो सेटमा पराजित गरेको थियो ।

यो पनि :

उपाधि रक्षा गर्नबाट चुक्यो जनक,बाहिरियो सेमिफाईनल बाटै

प्रतियोगिताको प्रथम हुने टिमले २० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले १० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको तेश्रो हुने टिमले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुशाशित टिमलाई ३ हजार, विद्यागत उत्कृष्ट खेलाडीहरुलाई ३ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा भएको हो । प्रतियोगितामा १ लाख २० हजार रुपैँया खर्च हुने जनाईएको छ । फाईनल खेल भोलि फागुन ११ गते आईतबार दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।