File photo

फागुन १० – इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।