
फागुन ९ – नेपाली बजारमा सुनको मुल्य निरन्तर बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेर ७८ हजार १ सय रुपैयाँ पुगेको छ ।
फागुन १ गते तोलामा ७६ हजार रुपैयाँमा कायम भएको सुनको भाउ नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको हो ।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको महासंघले जनाएको छ ।
सुनको भाउ बढेसँगै कारोबार घट्दै गएको व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्