साङ्केतिक तस्विर

हेटौंडा,९ फागुन,मोटरसाईकलले ठक्कर दिँदा मकवानपुरमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा हेटौंडा उपमानगरपालिका वडा नंबर १९ बस्ने वर्ष ४० का दिपक सुवेदी रहेका छन् ।

मंगलबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सडकमा पैदल हिँडिरहेका सुवेदीलाई प्रदेश ०३–०२–१२ प ३५६८ नंबरको मोटरसाइकलले मनहरी गाउँपालिका वडा नंबर ६ सुनाचुरीमा ठक्कर दिदाँ गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।