फागुन ९ – शिवरात्री मनाउन बाटोमा डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको बसको ठक्करबाट मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावती का ९ वर्षीय पुजन थामीको बसको ठक्करबाट मृत्यु भएको हो।

दोलखाको सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको अरनिको यातायातको बा४ख ५८०९ नम्बरको बसले शुक्रबार ११ बजे पैसा उठाइरहेका बालकलाई बेवास्ता गरी दौडाएको थियो।

डोरीको एक छेउको भाग पुजनले समाएका थिए । बसको प्रेसरले डोरी चुँडिदा पुजन बसको पछाडिको पांग्रामा ठोक्किन पुगेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।