तेश्रो बागमती गोल्ड कप तस्विर:खबरब्रेक

हेटौंडा,९ फागुन,पूर्वी मकवानपुरमा जारी बागमती गोल्ड कप फुटबल प्रतियोगितामा फाईनल खेल प्रवेशका लागि पहिलो सेमिफाईन खेल च्यासल युवा क्लब ललितपुर र हिमालयन शेर्पा काठमाडौं बिच भईरहेको छ ।

बागमती गाउँपालिका वडा नंबर ८ स्थित जनता माविको खेल मैदानमा प्रतियोगिता भईरहेको छ । यस्तै दोस्रो सेमिफाईनल खेल भोलि संकटा युवा क्लब काठमाडौं र जाउलाखेल युवा हुने आयोजकले जनाएको छ ।

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।

 बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् । पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।