file photo

हेटौंडा,९ फागुन,पूर्वी मकवानपुरमा जारि तेस्रो बागमती गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेल फागुन ११ गते हुने भएको छ । प्रतियोगिताको फाईनल खेल फागुन १२ गते हुने भनिएपनि प्राविधिक कारणले एक दिन अघि सरेको बागमती खेलकुद विकास समितिका अध्यक्ष अरुण बलले जानकारि दिए ।

फागुन ३ गते देखि सुरु भएको प्रतियोगिता फागुन ११ गते समापन हुने भएको छ । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाईनल खेल प्रवेशका लागि आज पहिलो सेमिफाईन खेल च्यासल युवा क्लब ललितपुर र हिमालयन शेर्पा काठमाडौं बिच भईरहेको छ । यस्तै दोस्रो सेमिफाईन सेमिफाईनल खेल भोलि संकटा युवा क्लब काठमाडौं र जाउलाखेल युवा हुने आयोजकले जनाएको छ ।

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।

बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् । पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।