फागुन ९ – आज शुक्रबारबाट दुई नयाँ फिल्म रिलिज भएका छन् । फिल्म हुन् ‘आमा’ र ‘सेन्टी भाइरस’ । देशभर एक अर्कोसँग भिड्न लागेका यी दुई फिल्म मध्य ‘आमा’ दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्, भने ‘सेन्टी भाइरस’का निर्देशक रामबाबु गुरुङ रहेका छन् ।

शर्मिला पाण्डेको निर्माण रहेको आमा फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

‘सेन्टीभाइरस’ पछिल्लो समय समाजसेवीको रुपमा परिचित कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेका हुन् । धुर्मुस र सुन्तलीसँगै दयाहाङ राई, तिथि राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारको फिल्ममा मुख्य अभिनय रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।