file photo

फागुन ९ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो संकेत नदेखिएको बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित नारायणगोपाल जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले कम्युनिस्टहरु सत्ता प्राप्त गर्न सक्ने तर सत्तामा पुगेपछि आदर्शबाट विचलित भएका विश्व इतिहास रहेको भन्दै नेपालमा पनि त्यसका संकेत देखिने गरेको बताए ।

प्रचण्डले कम्युनिस्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलाप देखिन थालेको बताउदै सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ता कसरी पतन भयो भन्ने उल्लेख गर्दै भने – ‘अहिले भइसक्यो भनेको होइन । मेरो भनाइलाई बढी नबुझियोस् । तर संकेत त त्यति राम्रो देखिएनन् नि आजभोलि । यसो घटना हेर्‍यो मान्छेहरु त बिग्रिने बिग्रिनेतिर जस्तो ।’

प्रचण्डले मृत्युलाई सामना गरेर प्रतिक्रियावादीका जेलनेलको सामना गर्न तयार हुने मानिसहरु सत्तामा आएपछि जनताका भावना नबुझ्ने र जनताबाट टाढा जाने प्रवृति २०औ शताब्दीमा देखिएको बताउदै निष्ठा र आदर्शबाट बिचलित भएपछि आफैले आफैलाई सिध्याउने घटनाबाट सिक्नुपर्ने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।