मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ का वडा अध्यक्ष टिकाप्रसाद दाहाल

मकवानपुरगढी,९, फागुन । साँझ ५ बजे उनी वडा कार्यलयमा जनताको समाधान गरेपछि घर निस्कन अलि हतारिन्छन् । घर पुगेर आफ्नो कपडा परिवर्तन गर्दै उनी तरकारी उत्पादनको लागि निर्माण गरिएको टर्नेल भित्र छिरिहाल्छन् । तरकारीमा पानी हाल्ने, उत्पादन भएका तरकारीहरु टिप्ने काम सुरु भैहाल्छ । उनको यो काममा प्रायजसो उनका छोराले सहयोग गरिरहेका हुन्छन् । यसैबिच केहि समस्या भए उनको टर्नेलमा आउने सेवाग्रेहीलाई कार्यस्थलबाटै सेवा पनि दिने गरेका छन् । उनको यो दिनचर्या हो । उनी हुन् मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ का वडा अध्यक्ष टिकाप्रसाद दाहाल । विहान ५ बजे उठने, बयवसायीक तरकारी खेतीको काम गर्ने र ९ बजे खाना खाएर वडा कार्यलय, अनुगमन, विभिन्न कार्यक्रममा निस्कने र पुन ५ बजे घरमा आएर त्यहि दिनचर्या ।

राजनीतिमा लागेपछि कामै गर्न नखोज्ने, गफ हाँकेर मात्र खान रुचाउनेहरुको संख्या बढदै गएको हाम्रो समाजमा उनी किसान वडा अध्यक्ष बनेर गतिलो उदाहरण पेश गर्ने एक वडाअध्यक्ष हुन् । २०४९ बाटै जनप्रतिनिधि बनेका उनी राजनीतिसँगै कृषि क्रान्तिमा लागेका छन् । कृषि खेति प्रणालीको बारेमा तालिम समेत दिँदै आएका उनी एक राम्रा प्रशिक्षक पनि हुन् । हामी फागुन ९ गते (शुक्रबार) उनको क्षेत्र पुग्दा उनी त्यहा सुरु भएको महायज्ञ सकेर आफ्नै तरकारी बारीमा भेटिए । हामीले उनले गरेको खेति र कृषिको बारेमा केसह जानकारी लिने प्रयास गर्यौ । दाहाललाई हामीले सोध्यौ : राजनीतिसँगै यो पेशा ब्यवसायलाई कसरी समय मिलाउनुहुन्छ ? उनले भने : हामी किसानको छोराले जनताको सेवा गरेर मात्र आफ्नो घर कसरी चलाउन सक्छौ र, आफ्नो लागि पनि त केहि समय छुट्टाउन पर्छ नि, मैले पनि सोहि अनुसार कृषि कर्मलाई कार्यालय बाहेकको समय खर्च गर्ने गरेको छ, मैले यहि टर्नेलबाटै पनि अत्यावश्यक सेवा दिने गरेको छु । सात वटा टर्नेलमा अहिले गोलभेडा उत्पादन भैरहेको छ । एउटा टर्नेलबाट करिब ५ हजार ४ सय किलो गोलभेडा उत्पादन हुने गरेको उनले बताए । कृषि क्रान्तिको लागि भाषण भन्दा पनि काम हुनुपर्ने भन्दै उनले आफ्नै उदाहरण दिएर अन्य कृषकहरुलाई समेत कृषि कर्ममा लाग्नको लागि प्रोत्साहित गर्ने गरेको बताए । उनले भने ः मैले त गाउँपालिकाबाट पनि यो वडा लाई कृषि बगैचा बनाउने अभियान स्वरुप किसानहरुलाई प्रोत्साहन गर्ने लाखौको कार्यक्रमहरु विनियोजन गरेको छु । यो काम प्रति सबै मतदाता र जनताहरु खुसी पनि छन् ।

ब्यवसायीक कृषि खेतिबाट जनताहरुले प्रगति गर्न सक्ने भन्दै उनले आफ्नो क्षेत्रलाई किटनाशक विषादीमुक्त अग्र्यानिक तरकारी जोन बनाउने लक्ष्य अनुसार काम भएको बताए । उनी आफै पनि अग्र्यानिक तरकारी उत्पादनमा लागेको हामीले अनुगमनको क्रममा पायाँै । वडा अध्यक्षको जिम्मेवारीसँगै कृषिमा समय दिएको भन्दै आफुलाई धेरैले धन्यवाद दिनेगरेको भन्दै उनले सरकारको लक्ष्य अनुसारको सुखि नेपाली बनाउने लक्ष्यलाई पुर्णता दिन प्रत्येक नागरिकहरु कुनैन कुनै ब्यवसायमा आवद्ध हुनुपर्ने उनको भनाई छ ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।