प्रतिनिधि सभा अन्तर्गतकाे सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) को खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएको भन्दै तत्कालको लागि खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।

 मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको क्रममा ७० करोड रुपैयाँ घुस लिन एक जना व्यापारीसँग कुरा अघि बढाएको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।