file photo

 सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । बुधबार सुनको मूल्य तोलामा ७७ हजार ६ सय रुपैयाँले कारोबार भएर नयाँ रेकर्ड राखेको थियो । बिहीबार तोलामा पाँच सयले वृद्धि भएको छ ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ७७ हजार ६ सय रुपैयाँले कारोबार भइरहेको जनाएको छ ।

तेजावी सुन प्रतितोला ७७ हजार तीन सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।