प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकको शुरूमै अध्यक्षसँय समय लिएर नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले मन्त्री बाँस्कोटालाई बर्खास्त, कमिसन मागेकोमा छानबिन र घटना सम्बन्धमा प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग गरे । ‘सरकारका प्रवक्ताले यसरी ठाडै कमिसनको कुरा गर्न मिल्छ कि मिल्दैन ?’ उनले प्रश्न गरे ।

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको  बैठक फागुन १५ गतेसम्मका लागि स्थगित भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घूस रकम डील गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।