file photo

८ फागुन,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई तत्काल हटाउन सुझाव दिएका छन्।

मन्त्री बास्कोटा सेक्युरिटी प्रेस कमिसन प्रकरणमा जोडिएपछि थापाले बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन्। ‘प्रधानमन्त्रीज्यू तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्,’ थापाले भनेका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।