पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले विकेटकिपर ब्याट्सम्यान उमार अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको छ । पाकिस्तानले भ्रष्टाचार सम्बन्धि नियम उल्लंघन गरेको भन्दै तत्कालबाट लागु हुनेगरी अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको हो ।

प्रतिबन्धसँगै अकमलले अब कुनैपनि क्रिकेटसँगको गतिविधि गर्न पाउने छैनन् । अर्को निर्णय नआउन्जेलसम्म उनले प्रतिबन्ध व्यहोर्नु पर्नेछ । पीसीबीले पाकिस्तान सुपर लिगका लागि अकमाको स्थानमा अर्को खेलाडी ल्याउन भने मिल्ने जनाएको छ । अकमल यस सिजन क्वेटा ग्लाडियटर्ससँग आबद्द भएका थिए । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।