एजेन्सी,च्याम्पियन्स लिग फुटबलमा टोटनहमले अप्रत्यासीत हार ब्यहोरेको छ । बुधबार राति अन्तिम १६ को पहिलो लेगको खेलमा टोटेनहमलाई जर्मन क्लब आरबी लिपजिगले १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५८ औं मिनेटमा टिमो वार्नरले पेनाल्टीमा गरेको गोल लिपजिगलाई पहिलो लेगमा जित दिलाए । घरेलु मैदानमै पहिलो लेगको खेलमा पराजित भएपछि टोटेनहमको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।

पहिलो लेगमा जर्मन क्लबले प्रभावशाली प्रर्दशन गर्दै टोटेनहमबिरुद्व आक्रमक खेल पस्किएको थियो । तर घरेलु टोलीका गोलकिपर ह्युगो लोरिसले उत्कृष्ट खेल प्रर्दशन गर्दै थप गोल हुन भने दिएनन् । दोस्रो खेल लिपजिगको घरेलु मैदानमा हुनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।