file photo

सञ्चार तथा सूचनामन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियोबारे नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुराकानी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कुराकानीमा उपत्यकाबाहिर रहेका मन्त्री बास्कोटा आएपछि उनीसँग बुझ्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

“सञ्चारमन्त्री उपत्यका बाहिर हुनुहुन्छ, उहाँ आएपछि आफ्ना कुरा राख्नुहुन्छ, अडियो आउनेबित्तिकै निर्णय लिइहाल्ने भन्ने हुँदैन, दुई अध्यक्षबीच पनि यही कुराकानी भयो,” उनले भने ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।