हेटौंडा,७ फागुन,मकवानपुरको दशौं राष्ट्रपति रनिङशिल्ड अन्तर्गत मकवानपुरगढी गाउँपालिकामा छनौट सुरु भएको छ । मकवानपुरगढी गाउपालिकाको आयोजना तथा शारदा मावि आमभन्ज्याङको संयोजनमा भएको छनौट प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष विदुर हुमागाईले गर्नुभएको हो ।

८ बटा माध्यमकि विद्यायलको सहभागिता रहेको छनौट समितिका सदस्य दाशरथी उपाध्याले जानकामरी दिनु भएको छ । भलिवलमा ९ र कवड्डीमा ६ विद्यालयको सहभागिता रहेको छ । उद्घाटन शारदा मावि व्यवस्थापन समितिका अध्यक्ष विष्णु दंगालको अध्यक्षतामा भएको उद्घाटनमा बागमती खेलकुद परिषदका सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा तथा कार्यालय प्रमुख राजन दाहाल खुशराज लगायतले मन्तव्य राखेका थिए ।

भलिवबल छात्रामा भानु मावि र कवड्डीका दुवै टीम चण्डीका मावि छनौठ भएको शारदाका खेल शिक्षक रमन झाले जानकारी दिएका छन् । जिल्ला प्रतियोगिताका लागि स्थानिय तहहरुले धमाधम छनौठ गरिरहेको खेलकुद समिति प्रमुख दाहालले जानकारी दिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।