हेटौंडा,७ फागुन,मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको वडा नंबर ५ सुन्धरधाम सामरी मा रहेको श्रीकृष्ण प्रणमी मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।  आज हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मूल आयोजक समारोह समितिका प्रचारप्रसार संयोजक समेत रहेका श्रीकृष्ण प्रणमी सेवा नेपाल मन्दिर सञ्चालक समितिका सचिव देवि प्रसाद अधिकारीले आउँदो फागुन ९ देखि १५ गते सम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने जानकारि दिए ।

श्रीकृष्ण प्रणमी सेवा नेपाल मन्दिर सञ्चालक समितिले आफ्नो ४१ औं वाषिर्कोत्सवको अवसरमा भूकम्पले क्षेती ग्रस्त भई निमार्णधिन अवस्थामा रहेको श्रीकृष्ण प्रणमी मन्दिर निर्माणर्थ सहयोग जुटाउन र विशुद्ध धार्मिक एव्म आध्यात्मिकमोक्ष प्राप्त गर्ने निस्वार्थ भावनाले श्रीमद् भागवत ज्ञान महायज्ञ गर्न लागिएको समितिका संयोजक अधिकारीले बताए ।

श्रीकृष्ण मन्दिरको निमार्ण कार्य सम्पन्न गर्न अनुमानित लागत २ करोड लाग्ने बताउँदै संयोजक अधिकारीले महायज्ञमा लाग्ने अनुमानित खर्च १३ लाख कटाई महायज्ञबाट ३० लाख रुँपया उठाउने लक्ष्य राखेको बताए ।महायज्ञमा नेपालकै प्रथम भागवत वाचिका तारा घिमिरेले कथा वाचन गर्ने बताईएको छ । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले गर्ने कार्यक्रम रहेको छ ।

सप्ताह अधि फागुन ८ गते मोटरसाईकल र्याली बिहान १० बजे मन्दिर परिसरबाट सुरु भई बागदली डुम्रेकुना,शिखरकटेरी,चुच्चेखोला,चौघडा,हेटौंडा,सामरी पुल हुँदै पूनः मन्दिरमा नै आई समापन गरिने कार्यक्रम रहेको छ । यस्तै ९ गते सप्ताह उद्घाटन अघि बिहान ७ बजे मन्दिर परिसरबाट १०८ कलशयात्रा शुरु गरि सिमलटार शिवमन्दिर र कृष्ण मन्दिर दोभानमा कलश जलग्रहण गरि सिमलटार हुँदै मन्दिर सप्ताह स्थलमा आईपुग्ने र सोहि दिन ११ बजे सप्ताह उद्घाटन कार्यक्रम रहने आयोजक श्रीकृष्ण प्रणमी सेवा नेपाल मन्दिर सञ्चालक समितिले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।