सांकेतिक तस्बिर

काठमाडौँ / छात्राहरूलाई महिनावारी नभएको प्रमाणित गर्न शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको बताएका छन्। महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ। पश्चिमी राज्य गुजरातस्थित एउटा छात्रावासमा बस्ने विद्यार्थीहरूले महिनावारी नभएको प्रमाणित गर्न आफूहरूलाई महिला शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको बताएका छन्।

अठसठ्ठीजना छात्रालाई कक्षाकोठाबाट निकालेर शौचालय पुर्‍याइएको थियो र एकएक गरी भित्रीवस्त्र फुकाल्न लगाएर उनीहरूलाई महिनावारी भए वा नभएको प्रमाणित गर्न लगाइएको थियो। यो भुज शहरमा अघिल्लो मङ्गलवार भएको घटना हो। श्री सहजानन्द गर्ल्स इन्स्टिट्युट -एसएसजीआई_ मा अध्ययनरत छात्राहरूलाई त्यस्तो गर्न लगाइएको हो।बीबीसी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।