हेटौँडा,६, फागुन ।
जापानमा अध्ययनको निम्ती परामर्श दिने व्यवसायिहरु सङ्गठित भएका छन । चितवनको सौराहा नजिक रमाइलो डाडामा सम्पन्न ३ दिने कार्यक्रममा कपिलदेब थापाको अध्यक्षतामा १३ सदस्यिय तदर्थ कमिटी गठन गरिएको छ । ‘सफलताको निम्ती एकता’ भन्ने नारा सहित देशैभरिबाट प्रतीनिधिहरु सहभागी भेलाले नया कमिटी गठन गरेको हो । कमिटिको उपाध्यक्षमा नागासाकी एजुकेशन हेटौँडाका शेखर थपलिया चयन भएका छन् ।

समितिको, महासचिव बिमल ज्ञवालि, सचिव बाबुराम परियार, कोषध्यक्ष यादब प्रसाद देभकोटा, सदस्यहरुमा अशोक गौतम, मनोज बहादुर कार्कि, राजेन्द्र श्रेष्ठ, जमुना जोशि, सरोज थापा, प्रकाश श्रेष्ठ, सन्जु तामाङ, रबिन्द्र निरौला रहेका छन । सुबास राइ सम्रक्षक र टोप बहादुर थापा र राज महर्जन लाई सल्लाहकारमा चयन गरेको उक्त भेलाले सस्थाको नामाकरण, दर्ता प्रकृया र सम्मेलनको तयारी गर्नेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।