फागुन ५ – साताको दोस्रो दिन सुनको मूल्य स्थिर रहेको छ । सुन तोलामा अहिलेसम्मकै उच्च मूूल्य ७६ हजार पाँच सय रहेको छ । छापावाल सुन सोमबार पनि साढे ७६ हजार तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि आइतबारकै मूल्यमा किनबेच भइरहेको छ । तेजाबी सुन तोलाको ७६ हजार दुई सय रुपैयाँ छ । सोमबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदी ८९० रुपैयाँ तोलामा कारोबार भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।