हेटौँडा,५,फागुन ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले भीमफेदी काठमाण्डौँ सुरुङमार्ग निर्माण पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
सपथग्रहणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले प्रदेश सरकारको गौरबको योजनाको रुपमा रहेको सुरुङमार्ग निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले प्रदेशको विकासमा दिनरात नभनी काम गर्ने भन्दै अबको तीन महिनामा परिणाम देखिने गरी कार्य अघि बढने बताए । उनले पत्रकारहरुलाई तीन महिनापछि भौतिक निर्माणमा भएको प्रगतिको फोटो खिच्न निमन्त्रणा समेत गरे ।

प्रदेशकको सफाई, कर्मचारीहरुमा भएका कमजोरीलाई सच्याउने कार्य पनि आफ्नो प्राथमिकतामा पर्ने उनले बताए । प्रदेश सरकारको योजनालाई चुस्त दुरुस्त पार्नको लागि उनले आजैबाट कार्य अघि बढाउने समेत बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।