सांकेतिक तस्बिर

सामान्यतया महिलाहरु ब्रा नलगाउँदा आफ्ना स्तन खुकुला हुने ठान्छन् भने कतिपय ब्रा नलगाउँदा स्तनको आकार विग्रने ठान्छन् । तर हालै गरिएको एक सर्वेक्षणले यी सबै सोंचाइ गलत भएको देखाएको छ ।

सर्वेक्षणका अनुसार महिलाहरुले ब्राका विषयमा अनेक गलत धारणा राख्छन् । केही महिला ब्रा नलगाउँदा सहज महसुस गर्छन् भने केहीले चाँहि स्तन खुल्ला हुने डरले ब्रा लगाउँछन् ।

त्यस्तै प्रकारका विभिन्न गलत धारणा महिलाहरुमा हुने गर्छन् आउनुस् जानौं ब्रा बारेका केही गलत धारणा र बास्तविक्ताः

ब्रा लगाउँदा स्तन क्यान्सरको खतरा बढ्छ

यो सोंचाइमा कुनै सत्यता छैन । ब्राले महिलामा स्तन क्यान्सरको कुनै पनि खतरा बढाउँदैन । ९० को दशकमा एक अध्यनले केही ब्राले स्तन क्यान्सर बढ्ने देखाएको थियो तर पछिल्लो समय चिकित्सकहरुले ब्राबाट स्तन क्यान्सरको कुनै खतरा नभएको बताएका छन् ।

ब्राले स्तन तल झुक्छ

एक फ्रान्सेली शोधकर्ताले ब्राले महिलाई कुनै फाइदा नगर्ने बताएका थिए । १५ वर्ष लामो उनको शोधका क्रममा महिलाहरुले ब्राले स्तनलाई तल झुकाउने बताएका थिए । तर अन्य शोधकर्ताहरुले भने उनको निष्कर्ष गलत सावित गर्दै उल्टै ब्राले स्तन झुक्नबाट बचाउने बताएका छन् ।

स्तनको आकार र ब्रा

महिलाहरु स्तनको आकार सानो भएमा प्याड सहितकको ब्रा लगाउनै पर्ने ठान्छन् । तर यो जरुरी छैन । यो महिलामा भर पर्छ कि उनीहरु आफ्ना स्तन कसरी देखाउन चाहन्छन् । यदि तपाइँ स्तन ठूलो देखाउन चाहनु हुन्छ भने प्याड सहितको ब्रा लगाएपनि हुन्छ तर केही फरक पर्दैन भने ब्रा लगाउनु जरुरी छैन ।

पुशअप ब्रा लगाउँदा स्तन बढ्छ

महिलाहरुमा प्याडेड वा पुश अप ब्रा लगाउँदा स्तन ठूलो हुने ठान्छन् । तर बास्तविकता केहो भने पुशअप ब्रा स्तनलाई ठूलो देखाउन मात्र लगाउने हो । यो लगाउँदैमा स्तन बढ्ने होइन् ।

मिल्ने ब्रा कति लामो समय सम्म प्रयोग गर्ने 

खासगरी महिलाहरु परफेक्ट ब्रा लामो समयसम्म प्रयोग गर्न सकिने ठान्छन् । तर कुनै पनि ब्राको उमेर ट दिख ढ मिहना सम्म मात्र हो ।

सुत्ने बेला ब्रा ठिक कि बेठिक

धेरै महिला सोंच्छन् कि रातिमा ब्रा लगाएर सुत्दा स्तन कसिन्छ तर विज्ञहरुले रातिमा ब्रा लगाउँदै स्तन कसिने भन्न् धारणा नै गलत हो । रातिमा व्रा लगाउँदा वा नलगाउँदा कुनै पनि फाइदा वा बेफाइदा छैन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।