साङ्केतिक तस्वीर

जबर्जस्ती करणी गरेको अभियोगमा फरार रहेका तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जबर्जस्ती करणी भन्दै दाङकाे तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरका शमीर वलीवरुद्ध मुद्दा दर्ता भएलगत्तै भागेका उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

वलीविरुद्ध आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।  वलीले १७ बर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करिब एक महिना आफूसँग राखेर राखेर यौन शोषण गरेका थिए।

त्यसपछि ती किशाेरीलाई वलीले कुटपिट गरी घर निकाला गरेका हुन्। यस विषयमा प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएपछि उनी पक्राउ परेका हुन्।  यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।