नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष स्थानमा पुगेका छन् । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् । उनी शीर्ष २० भित्र परेका छन् ।

२० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।

अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् । १८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।