हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | महाशाखाले देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको जानकारी दिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन ०५ गते (सोमबार)

दिउँसोः देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०६ गते (मंगलबार)

दिउँसोः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ।  पूर्वी र मध्यका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।