फागुन ५ – काठमाडौंको भृकुटीमण्डप, प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का दुई समूहबीच कुटाकुट भएको छ। सोमबार बिहान नेपाल विद्यार्थी संघ र अनेरास्ववियूबीच क्याम्पस भित्रै ढुंगा, इँट्टा हानाहान भएको हो ।

झडपपछि क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । साथै, प्रहरीमा झडपमा संलग्न ६ विद्यार्थीलाई नियन्त्रण लिएको छ । पक्राउ परेका नेविसंघका पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरूङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा राखेको छ।

नेविसंघले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूले आक्रमण गरेको दाबी गरेको छ। तर अनेरास्ववियूले भने झगडा सांगठानिक नभएको बताएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।