फागुन ४ – साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । मूल्य बढेसँगै सुनको मूल्य नयाँ उचाइमा पुगेको छ।

आइतबार सुन एकै दिनमा तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि बढेको छ । आइतबार तेजाबी सुन प्रतितोला ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी पनि शुक्रबारको तुलनामा पाँच रुपैयाँले बढेर ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।