हेटौँडा,४, फागुन ।
नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा(बादल)ले अखिल नेपाल राष्ट्रिय फुटबल संघका पुर्व अध्यक्ष गणेश थापाको स्मरण गरेका छन् । पुर्वी मकवानपुरको बागमती गाउँपालिका स्थित फापरबारीमा फागुन ३ (हिजो) बाट सुरु भएको तेश्रो बागमती गोल्डकपको उद्घटन समारोहमा बोल्दै गृहमन्त्री बादलले मकवानपुरबाट प्रतिनिधित्व गरेका गणेश थापाले देशको नाम फुटबल मार्फत विश्वभर चिनाएको बताए ।

मकवानपुरका थापाले नेपाली फुटबलको सर्वोच्च सस्था (एनफा)को नेतृत्व तथा राष्ट्रिय खेलाडीको रुपमा पहिचान बनाएको समेत बताए । मकवानपुर जिल्ला फुटबलको लागि निकै चर्चित रहेको भन्दै उनले थापाको योगदानको प्रशंसा गरेका हुन् ।
उनले भने ः गणेश थापा मकवानपुरकै हुन, उनले देश र अन्तराष्ट्रिय क्षेत्रमा फुटबलको नेतृत्व गर्नुभयो, यो जिल्लाबाट धेरै खेलाडी उत्पादन भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।