हेटौंडा,३, फागुन
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रेको उच्च माविमा कानुन विषय अध्यापन हुने शिदार्थ माविका विद्यार्थीहश्रले आज अन्तरक्रिया गरेका छन् ।
कानुनी यात्रा र पर्यटन प्रर्वद्धन विषय नाम दिईएको अन्तरक्रिया मकवानपुरगढी गाउँपालिका वडा नंबर ४ मा रहेको मनकामना मन्दिर परिषरमा भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमगाईले मकवानपुर सहित समग्र वागमती प्रदेशको पर्यटनको विषयमा जानकारी दिएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु बजगाँईको अध्यक्षतामा भएको कार्यक्रममा गढी गाउँपालिका वडा नंबर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाले प्रम
ख आतिथ्यता ग्रहण गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्मा, अधिवक्ता मनप्रसाद भट्टराई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका सदस्य महेश्वरमान श्रेष्ठ, सहायक प्राचार्य सागर प्रसाद खतिवडा, विद्यालयका संयोजक गणेशप्रसाद हुमागाई, अधिबक्ता ऋषि केवि लगाएतकाको आतिथ्यता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।