हेटौंडा,३ फागुन,बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोपोन्मुख प्रजाति सालकको संरक्षण गर्नुपर्ने बताएका छन् । हेटौंडा–१७ चुच्चेखोला सामुदायिक वनस्थित शालक पार्कमा सालक संरक्षणकालागि शुक्रबारदेखि सुरु भएको १००८ स्वर्णिम श्रीमद भागवत भक्ति सत्यम अनुष्ठानको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेल लोपोन्मुख प्रजातिको संरक्षण गर्न सकेकमा उक्त क्षेत्र विश्वव्यापि रुपमा महत्वको विषय बन्नसक्ने बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको भन्दै केही वर्ष भित्रै सो क्षेत्र प्रमुख पर्यटकिय गन्त्व्यका रुपमा परिचित हुने बताए । मकवानपुर गढी दरवार जाने बाटो पर्ने तथा प्रदेशको राजधानी नजिक भएका कारण पनि यसको बिकास चाँडै हुने बताए । प्रदेशको राजधानिको सालक पार्कको आफैमा महत्व रहेको भन्दै मुख्यमन्त्री पौडेलले सालक पार्कको क्षेत्र बिस्तार गर्न जरुरी रहेको बताए ।

चुच्चेखोला सामुदायिक बनका अध्यक्ष तथा मुल समारोह समितिका संयोजक अर्जुन दहालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल,हेटौंडा–१७ का अध्यक्ष भैरवबहादुर राई, नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष केशव धिताल, स्वामी आनन्द सागर, अधिवक्ता घनप्रसाद गौतम, संकल्पकर्ता उद्धव शर्मा, समूहकी उपाध्यक्ष कल्पना पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए । फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गर्ने बताईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।