तिब्र गतिमा रहेको दुईवटा मोटरसाईकल एक आपसमा ठोक्कीदा दुइजनाको घटनास्थलमै ज्यान गएको छ । मोरङको सुन्दरहरैंचा ८ सलकपुर स्थित पूर्व पश्चिम लोकमार्गमा गए राति १२ बजे तिव्र गतिमा रहेको मोटरसाइकल एक आपसमा ठोकिदा २ जानाको घटना स्थलमै ज्यान गएको हो ।

तिव्र गतिमा रहेको को ३७ प १७ तथा को ३४ प ६६०२ नम्बरको मोटरसाईकल एक आपसमा ठोकीदा २ जानाको निधन भएको हो । दुर्घटनामा सुन्दरहरैंचा ८ बस्ने बर्ष २२ का विशाल खत्री साथै सुन्दरहरैचा १२ बस्ने बर्ष २३ का अर्पण गुरागाईँको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार संखुवासभा चैनपुर २ बस्ने ३० वर्षीय लक्ष्मण खत्री तथा सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते २ जानालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाइएको साथै मोटरसाइकल प्रहरी चौकी विराटचोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।