झापा / झापाको बाह्रदशी गाउँपालिका-२ गच्छीमारीमा ट्याक्टरबाट लडेर स्थानीय २० बर्षीय सुनिल मुर्मुको मृत्यु भएको छ । शुक्रबार अपरान्ह साँढे ४ बजेको समयमा गच्छीमारीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ६८२३ नम्बरको ट्याक्टरमा सवार मुर्मु सोही ट्याक्टरबाट लडेर घाईते भई उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा प्रहरीले जनाएकाे छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।