file photo

कोरोनाको डरले स्वदेश आउन चाहेका १ सय ८५ नागरिक लिन विशेष तालिमप्राप्त टोली शनिबार जहाज लिएर चीनको हुबेई प्रान्तको उहान सहर जाँदै छ। आन्तरिक व्यवस्थापकीय प्रयास थालेको १३ दिनपछि सरकारले उद्धार गर्न लागेको हो। नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज दिउँसो ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ। साँझ ६ः४५ मा उहान पुग्ने र त्यसको २ घण्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ। नेपाली समयअनुसार आइतबार २ः१५ बजे नेपाल आइपुग्नेछ। आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले खबर लेखेका छन्।

उद्धारका क्रममा शंकास्पद व्यक्तिलाई विमानको तोकिएको अन्तिम सिट (आइसोलेसन)मा राखिन्छ। जहाज दलका सदस्य तथा स्वास्थ्य टोली सदस्यले नियमित रूपमा अनुगमन ढोकाबाट निकालिन्छ। जहाजबाट ओराल्दा एकअर्कालाई १ मिटरको दूरीमा राखिनेछ। विमानस्थलमै स्वास्थ्य परीक्षण गरिनेछ। कोही शंकास्पद भए तोकिएको अस्पताल लगिनेछ। सामान्य सबैलाई बसमा राखेर सीधै क्वारेन्टाइनमा पुर्याइनेछ।

उद्धार गरिने १ सय ८५ जनाका लागि ६० कोठा व्यवस्थापन गरिएको छ। उचित दूरीको फरकमा १ देखि ३ जनासम्म राख्ने गरी व्यवस्था गरिएको छ। ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ। क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ ।  स्वास्थ्य टोली आवश्यकताअनुसार चाबिसै घण्टा सेवामा रहनेछन्। सबैको दिनमा दुईपटकसम्म तापक्रम जाँचिनेछ। सबैको प्रारम्भिक जाँच क्वारेन्टाइनमा पुगेको २४ घण्टाभित्र र अर्काे १४ दिनमा गरिनेछ। क्वारेन्टाइनमा अभिभावकहरूसँग भेटघाट गर्न पाइने छैन।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।