हेटौंडा २ फागुन – आज ‘भ्यालेन्टाइन डे’अर्थात प्रणय दिवस । हरेक वर्ष फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ प्रेम दिवसको रुपमा मनाईन्छ। नेपालमा पनि केही दशक यता युवायुवतिहरुले आफ्ना प्रेमिप्रेमिकालाई विभिन्न उपहार दिएर मनाउने गर्छन। तर हेटौँडामा भने भ्यालेन्टाइन डे’ फरक किसिमले मनाईएको छ।

‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसको अवसरमा हेटौँडा क्यापसमा दोस्रो वर्ष अध्यनरत विद्यार्थीहरुले हेटौँडामा सडक बालबालिकाको उद्धार, परामर्श, आवसिय सुविधा,शिक्षा,शिप एवम पारिवारिक पुनर्स्थापना गर्दै आइरहेको मामाघर नेपाल मकवानपुरमा ५ हजार बराबरको स्टेशनरी,खाद्यान्न र खेलकुद सामाग्रि सहयोग गरि प्रेम दिवस मनाएका हुन् । साथै मामाघरमा रहेका भान्जाहरुसंग केक काटि ‘भ्यालेन्टाइन डे’मनाइएको हेटौँडा क्यापसमा अध्यनरत विद्यार्थी अभि मैनालीले बताए।

आफुहरुले ‘भ्यालेन्टाइन डे’ फरक किसिमले मनाउने उदेश्यले प्रेम दिवसमा सामाजिक सहयोग पनि हुने साथै खुसि पनि मिल्ने भन्दै साथिहरुको सहयोगमा प्रेम दिवस मामाघर नेपालका भान्जाहरु सगं केक काटेर मनाएको विद्यार्थीहरुले बताए । उप्त सामाग्रि हेटौंडा बुक्स एन्ड स्टेशनरी, सृजनशिल स्टेशनरी र ज्ञान भण्डारले सहयोग गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।