हेटौंडा,२ फागुन,नेपाल तरुण दल मकवानपुरले हेटौंडा–१४ मयुरधापमा रहेको अनाथ अपाङ्ग बाल पुनस्र्थापना केन्द्रलाई लत्ता कपडा सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच तरुण दलले सिरक डसना, तन्दालगायतका ओढ्ने ओछ्याउने सहयोग उपलब्ध गरएको हो । मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवालले प्रदान गरेको लत्ता कपडा तरुण दल मकवानपुरमार्फत हस्तान्तरण गरिएको हो । संघका कोषाध्यक्ष अग्रवाल, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकलगायतले केन्द्र प्रमुखलाई संयुक्त रुपमा लत्ताकपडा हस्तान्तरण गरिएको थियो ।

लत्ताकपडा हस्तान्तरणपछि बोल्दै तरुण दल मकवानपुरका अध्यक्ष पाठकले तरुण दल सधैं सामाजिक तथा राजनीतिक क्रियाकलापमा अग्रणी रहेको भन्दै आगामी दिनमा पनि विभिन्न दाताबाट सहयोग जुटाई सामाजिक काममा खर्च गरिने प्रतिवद्धता जनाए । हिजोका दिनमा पनि तरुणले धेरै सामाजिक कामहरु गरेको स्मरण गर्दै पाठकले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तरुण दल मकवानपुरका सचिव सचित थापा, जिल्ला सदस्य अजय सापकोटा, सुरज वर्तौला, नेपाल तामाङ संघ नगर कोषाध्यक्ष जंगबीर रुम्बा, तरुण दल नगर सहसचिव सञ्जय पाठकलगायतको सहभागिता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।