हेटौँडा,२, फागुन ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ राप्तिखोला किनारमा एकजना पुरुषको शव फेला परेको छ ।

शव हेटौंडा ११ सिमलटार निवासी अन्दाजी ५० बर्षीय राम बहादुर विकको रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले बताएका छन्। स्थानीयहरुले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । के कारणको उनको मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।