हेटौंडा,२ फागुन,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ सिमलटारमा स्ल्याब ढलान गर्नका लागि हेटौंडा उपमहानगरपालिकाका तर्फबाट १५ लाख रुपैंया बजेट विनियोजन गर्ने भएको छ । बुधबार उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सिमलटार टोल विकास संस्थाको आठौं वार्षिक साधारणसमा मेयर महतले टोलमा स्ल्याब ढलानका लागि बजेट विनियोजन गर्ने बताए ।

टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा ११, का वडा अध्यक्ष गोकर्णप्रसाद पराजुलीले वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे । साधारणसभा वडा सदस्य जुना दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष देवकुमार श्रेष्ठ, कमलचन्द्र सुमन लगायतको उपस्थिती थियो ।

सभामा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मनिषा चुनी मगर र प्रगति प्रतिवेदन सदस्य गोविन्दप्रसाद न्यौपानेले प्रस्तुत गरे । करिब पन्ध्र सय घरधुरी आबद्द टोल विकास संस्था देशकै ठूलो टोल विकास संस्था रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।