file photo

नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन नगरेको पाइएको छ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेका खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सिप अनुसारको पारिश्रमिक र खाना सुविधा सम्बन्धी निर्णय गरेको भए पनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन। साउदीस्थित नेपाली दूतावासले पनि बढेको पारिश्रमिक कामदारले नपाएको जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।