फागुन २ – शुक्रबार (आज) विश्वभर भ्यालेन्टाइन डे (प्रणय दिवस) आ–आफ्ना प्रियसीहरुलाई शुभकामना आदन प्रदान गरी मनाइरहेका छन् । यसैक्रममा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिएर प्रणय दिवसको शुभकामना दिएका छन् ।

भैंसेपाटीस्थित आफ्नै निवासमा नेता गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर भ्यालेन्टाइनको शुभकामना आदन प्रदान गरेका हुन् । नेता गौतमले जन्मदिन, प्रणय दिवसका बेला सधैं पत्नीलाई गुलाफको फूल दिने गरेका छन् ।

त्यस्तै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि भ्यालेन्टाइन डे मनाएका छन् । मुख्यमन्त्री पोखरलेलले पनि सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रेम जीवनको अभिन्न अंग भएको बताएका छन् । ‘प्रेम जीवनको अभिन्न अंग हो । दिवसमा कसरी सिमित बन्न सक्ला र ! तरपनि शुभकामना’ पत्नी सुजाता शाक्य र आफ्नो तस्वीर राखेर पोखरेलले शुभकामना दिएका छन् ।

प्रेम जीवनको अभिन्न अंग हो। दिवसमा कसरी सिमित हुन सक्ला र !! तर पनि शुभकामना।

Posted by Shankar Pokhrel on Thursday, February 13, 2020

पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्त्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ ।

नेपाललगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण भ्यालेन्टाइन्स डे र अन्य पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको केहीको भनाइ रहने गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।