कोपा इटालियाअन्तर्गत सर्वाधिक १३ पटको च्याम्पियन क्लब युभेन्टस बराबरीमा रोकिएको छ । बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा युभेन्टस एसी मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको हो । मिलानको मैदानमा भएको खेलको अन्तिम समयमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाएका हुन् ।

त्यसअघि १० खेलाडीमा सीमित मिलानले अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६१औं मिनेटमा मिलानका एन्टे रेबिकले गोल गर्दै युभेन्टसविरुद्ध अग्रता बनाएका थिए ।

यस्तै खलको ७१औं मिनेटमा घरेलु टोली मिलान १० खेलाडीमा सीमित बनेको थियो । उसका खेलाडी थियो हर्नान्डेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । जसमा, रोनाल्डोले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए ।

दोस्रो लेगको खेल युभेन्टसको मैदानमा हुनेछ । दोस्रो लेगको खेल भने ४ मार्चमा हुनेछ । यसअघि क्वार्टरफाइनलमा मिलानले टोरिनोविरुद्ध जित निकाल्दै सर्वाधिक धेरै पटकको विजेता टोली युभेन्टससँग भेट पक्का गरेको हो । युभेन्टसले भने रोमालाई क्वार्टरफाइनलमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।