file photo

आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बोलाइएको छ ।

सरकार गठन भएको दुई वर्ष पुगेको अवसर प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्न लागेको उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताए । रिमालका अनुसार, प्रधानमन्त्री ओलीले संसदमा सरकारको दुई वर्षे कार्यअवधिबारे समीक्षात्मक सम्बोधन गर्नेछन् ।

२०७४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रष्ट बहुमत पाएपछि ओली नेतृत्वको सरकारले दुई वर्षे अवधि पुरा गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।