संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ। राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण आज दिउँसो २ बजेलाई तय भएको सम्बोधन रोकिएको हो।

क्यान्सरबाट पीडित उपाध्यायको शुक्रवार बिहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको थियो। नेपाली कांग्रेसले प्रतिनिधिसभा सचिवालयमा शोक प्रस्तावका लागि पत्र लगिसकेको छ। नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले सचिवालयमा शोक प्रस्ताव लगेकी हुन्।

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी थियो। फागुन ३ गते दुई वर्ष पुग्ने भए पनि शनिवार परेकाले आज नै सम्बोधन गर्ने कार्यक्रम तय थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।