फागुन २ – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार गिरीजाप्रसाद कोइरालालाई जोडेर दिएको अभिव्यक्तिको नेपाली कांग्रेसले खण्डन गरेको छ । बिहीबार जनयुद्ध दिवसका अवसरमा दाहालले गिरिजा प्रसाद कोइरालाले दिनदिनै फोन गरी फौजी आक्रमण बढाउन आग्रह गर्नुहुन्थ्यो भनेर दिएको अभिव्यक्तीको कांग्रेसले खण्डन गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञिप्त जारी गरी हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई विवादित बनाउने अभिव्यक्ती अराजनीतिक र नै आपत्तिजनक रहेको भन्दै त्यसको खण्डन गर्नुभएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।